Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय 2076-05-15

जिल्लाको परिचय:
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्र अन्तर्गत कर्णाली प्रदेशमा पर्ने यस सल्यान जिल्ला प्राकृतिक स्रोत साधन, प्राकृतिक सम्पदा, धार्मिक स्थलहरु, स्थानीय कला र संस्कृतिले भरिपूर्ण रहेको छ । २०७८ को जनगणना अनुसार २,३८,५१५ जनसंख्या भएको यस जिल्लाको सदरमुकाम मध्य भागमा अवस्थित छ । तीन नगरपालिका र सात गाउँपालिकामा विभाजित सल्यान जिल्लाको दक्षिणमा दाङ र बाँके, पूर्वमा रोल्पा, उत्तरमा जाजरकोट र पश्चिम रुकुम साथै पश्चिममा सुर्खेत र बर्दिया जिल्ला पर्दछन् । यहाँ क्षेत्री, ब्राहमण तथा घर्ती, बुढा, पुन राम्जा, सारु कुवँर, रोका, राई, कुमाल, गुरुङ, नेवार लगायतका जातजाति र कामी, दमाई, वादी, गाइने, सुनार, सार्की लगायतका दलित समुदायको मुख्य बसोबास छ ।
कृषि नै यहाँको प्रमुख पेशा हो । खेतीपातीका अतिरिक्त पशुपालन, वन पैदावार, नोकरी, ज्याला, मजदुरी, व्यापार र वैदेशिक रोजगारको पनि जनजिविकामा उल्लेख्य योगदान छ । बोसे जातको गुणस्तरीय अदुवा उत्पादन थलोको रुमा पनि चिनिने माल्नेटा, ढारखानी यसै जिल्लामा पर्दछ । अदुवाका अतिरिक्त सुन्तला जातको फलफूल, तरकारी बीउ र बेमौसमी तरकारी, मकै यहाँको प्रमुख उत्पादनका वस्तुहरु हुन । यस जिल्लाको प्रमुख नदी शारदा हो जो सल्यान जिल्लाको कृषि उत्पादनका लागि वरदान सावित भएको छ । कुपिण्डेदह क्षेत्र यहाँको मुख्य पर्यटकीय महत्वको स्थान हो भने खैरावाङ भगवती मन्दिर, छायाँक्षेत्र महादेवको मन्दिर, कालीमाटी देउती भगवतीको मन्दिर, मोखलाको शिवगुफा तथा कृष्ण मन्दिर र देवस्थल यहाँको महत्वपूर्ण धार्मिक स्थलहरु हुन् ।
जिल्लाको सदरमुकाम खलंगा, सल्ली बजार, श्रीनगर, थारमारे, कपुरकोट, लुहाम, काभ्रा, खरिबोट, बाङ्गेलाकुरी आदि शहर उन्मुख बजार केन्द्रहरुको रुपमा रहेका छन् । राप्ती राजमार्गको मध्यखण्डमा अवस्थित सल्यान जिल्ला आर्थिक विकासको सम्भावना बोकेको जिल्ला हो । व्यवसायिक सम्भावना बोकेका बालीहरुको उत्पादन र गुणस्तर वृद्धिका साथै पर्यटन विकास गर्न सके जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । रोजगारी, आयवृद्धि तथा जीवनस्तर उकास्न अझै थप व्यवसायिक उत्पादन, प्रविधि विस्तार, प्रशोधन तथा बजारीकरणमा जोड दिनुपर्ने देखिन्छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-30 14:30:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सल्यान .