Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

शारदा न.पा. २ सल्यान

Visit Nepal 2020 - Ministry of Home Affairs

प्रारम्भ

  १. सल्यान जिल्लाको संक्षिप्त परिचय सल्यान जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हालको छ नं प्रदेश अन्तर्गत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो । यो जिल्ला प्राक्रितिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । नेपालको राजधानी काठमाण्डौ देखी करिब ४९६ कि.मी. (मोटर बाटो) को दुरीमा यस जिल्लाको जिल्ला सदरमुकाम खलङ्गा रहेको छ । जिल्ला ववइ नदिको ३२६ मिटर उचाइ देखी २८२७ मिटर उचाइको खर्शुवास लेकसम्म फैलिएको छ । र जिल्ला सदरमुकाम १५३६ मिटर उचाइमा रहेको छ । यो जिल्ला भौगोलिक हिसाबले राप्ती अञ्चलको प्यूठान पछिको दोश्रो सानो जिल्ला हो । करीव साढे दुई लाख जनसङ्ख्या भएको यस जिल्लाको क्षेत्रफल १,९५१ वर्ग कि.मी. (१,९५,१७८ हेक्टर) रहेको छ । यो जिल्ला २८० ३१। देखी २८० ५३। उत्तरी अक्षाम्श र ८२० ०। देखी ८२० ४६। सम्म पुर्वी देशान्तर सम्म फैलिएको छ ।यस जिल्लाको पूर्वमा रोल्पा पश्चिममा सुर्खेत र बर्दिया उतरमा जाजरकोट र रुकुम दक्षिणमा दाङ र बाँके जिलेला रहेका छन् । जिल्लाको जनसंख्या २४४९४३ रहेको छ । जिल्ला पूर्ण साक्षर घोषणा भैसेको र हाल प्रा. वि. २९३ नि.मा.वि. ९१ मावि ५२ र उ.मा.वि. २४ क्याम्पस ७ र साक्षरता प्रतिशत ८५.३४ गरी कुल ४६० विद्यालयहरु संचानलमा रहेका छन् । यो जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला भएको खैरावाङ भुवनेश्वरी मन्दिर लक्षमीपुर शक्तिपिठ छाँयाक्षेत्र मन्दिर कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दह जस्ता तालहरु पनि रहेका छन् । जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्लालाइ उर्वरता प्रदान गरेका छ्न् । यस जिल्लामा अदुवा‚ बेमौसमी तरकारी र खसी बाख्रा पालनको राम्रो सम्भाव्यता रहेको छ । जिल्लाका प्राय सबै गाविसहरु हिउदमा कच्ची मोटरबाट जोडीएका र यस जिल्ला हुदै रुकुम सदरमुकाम जाने राप्ती राजमार्ग जिल्लामा ९० किमी र छिन्चु जाजरकोट डोल्पा सडक १५ किमी पक्की सडकका कारणा जिल्लामा यातायातको नियमित सुविधा रहेको छ ।

  २. जिल्लाको सामाजिक आर्थिक अवस्था सामाजिक अवस्था नेपालका अन्य जिल्लाहरुमा जस्तै सल्यानमा पनि विभिन्न प्रकारका जातजाती, धर्मालम्बीहरु र भाषा भाषीहरुको बसोबास रहेको पाइन्छ । वि.स. २०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या २४२४४४ र घरपरिवार ४६५५६ रहेकोमा यहाँ ५० भन्दा बढि जातजातीहरुको बसोबास रहेको तथ्य पाइन्छ । यहाँका प्रमूख जातजातीहरु मध्ये क्षेत्री सबैभन्दा धेरै सङ्ख्यामा (५७ प्रतिशत) छन् । त्यसपछि धेरै सङ्ख्यामा रहेका अन्य जातजातीहरुमा क्रमशः मगर (१५ प्रतिशत), कामी (११.८ प्रतिशत), सन्यासी (३.५ प्रतिशत), ठकुरी (३.५ प्रतिशत), दमाइ(३ प्रतिशत), आदि रहेका छन् । त्यसैगरी राष्टिय जनगणना २०६८ का अनुसार जिल्लामा २५ भन्दा बढि प्रकारका भाषाभाषीहरु (मातृभाषा र दोश्रो भाषा समेत) को उपस्थिति रहेको पाइएता पनि नेपाली भाषीहरुको बाहुल्यता रहेको छ । जिल्लाको आयको प्रमुख श्रोत कृर्षि पेशा रहेकोमा हालका वर्षहरुमा बैदेशिक रोजगारी ‍आर्थिक श्रोतको रुपमा देखिएको छ । आर्थिक अवस्था जिल्लाको आयको प्रमुख श्रोत कृषि पेशा रहेकोमा हालका वर्षहरुमा बैदेशिक रोजगारी आर्थिक श्रोतको रुपमा देखीएको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार यस जिल्लाका ४२,४८० (कुल परिवारको करिब ९१ प्रतिशत) घर परिवार कृषि कार्यमा संलग्न छन् भने राष्ट्रिय जनगणना २०६८ अनुसार अक्सर आर्थिक रुपले सक्रिय जनसङ्ख्या मध्ये ८० प्रतिशतभन्दा बिढले कृषिलाइ आफ्नो रोजगारीको मूख्य क्षेत्रको रुपमा लिएका छन् । र ७९ प्रतिशतले मूख्य पेशा कृषी अङ्गालेका छन् । त्यसकारण पनि सल्यान जिल्लाको आर्थिक मेरुदण्ड कृषि नै हो । जिल्ला सदरमुकाम आसपास, थारमारे, कोटमौला, मूलखोला, त्रिवेणी, धनवाङ, रिम, सारपानी गर्पा, फलावाङ, दमाचौर, डाँडागाँउ, कालागाँउ, निंगालचुला इत्यादी गाँउ विकास सिमतीका कृषकहरु व्यावसायिक खेती (बेमौसमी तरकारी, नगदे बाली, बाख्रा फार्म, बङ्गुर फार्म, गाइ फार्म तथा पोल्टी फार्म तर्फ उन्मखु भएका छन् । खाद्यवाली मकै, धान र खेतमा लाग्ने गहुँका उन्नत र अझ उन्नत जातहरुको व्यापक विस्तार भएको छ भने विउ प्रतिस्थापन दर वढ्दो छ । बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा र सुन्तलाका व्यावसायिक खेतीका पकेट क्षेत्रहरु स्थापित छन् र विस्तार हुने क्रम जारी छ । यहाँका केही कृषि उत्पादनले राष्ट्रिय र भारतीय बजारमा समेत स्थान लिएको छ । व्यावसायिक खेतीको सम्भावना बोकेका अन्य बाली विधाहरुः अनार, बेमौसमी तरकारी खेती, आलु, लसनु , बेसार, च्याऊ र माहुरी पालन तर्फ पनि प्रगतिशिल किसानहरुको ध्यान आकृष्ट छ । सल्यान जिल्ला तरकारी, अदवुा र फलफूलको लागि प्रसिद्द मानिन्छ । यसका साथै कृषिका अतिरिक्त गै॑र कृषि व्यावसाय गर्ने परिवारको प्रतिशत पनि उल्लेखनिय रुपमा बृद्धि भएको छ । सल्यानी जनताहरु सरकारी सेवा (निजामती,प्रहरी,शिक्षण, सेना आदि) व्यापार-व्यावसाय र बैदेशिक रोजगारमा पनि सक्रिय रहेका भेटिन्छन् भने रोजगारीको लागि कालापहाड (भारत) जानेको सङ्ख्या पनि अधिक छ । त्यैगरी बैदेशिक रोजगारीका लागि अरब, मलेशिया, दुवइ,कोरिया आदि मूलकु हरुमा जानेहरुको सङ्ख्या पनि वढ्दो छ । खलङ्गा, शितलपाटी(श्रीनगर), लान्ती, लुहाम, कपुरकोट, मोखला, कालाखेत, थारमारे, खरीबोट, सल्लीबजार, ढोरचौर अदि सल्यान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् । ‌औद्योगिक गणना २०६९ अनुसार कुटानी, पिसानी, पेलानी इत्यादी जस्ता घरेलु उद्योग बाहेक उल्लेखनिय उद्योग, प्रतिष्ठानहरु तथा व्यावसायहरु यस जिल्लामा रहेको देखिदैन । घरेलु तथा साना उद्योग विकास समिती सल्यानका अनुसार आ.व. २०७०/०७१ सम्म सल्यान जिल्ला भित्र ३५५ वटा घरेलु उद्योग र ४६० वटा साना उद्योगहरु गरी कुल ८१५ वटा उद्योगहरु र साना ठुला गरी १,२५० वटा प्राइभेट वाणिज्य फर्म (व्यापार, व्यावसाय) हरु दर्तामा रहेको पाइर्एको छ । यस जिल्लामा सहकारी क्षेत्रको व्यापक विकास भैरहेको छ । डिभिजन सहकारी कायार्लय सल्यानका अनुसार आ.व. २०७०/०७१ सम्म आइपुग्दा १३६ वटा सहकारी संस्थाहरु दर्ता भैसकेका छन् । त्यसै गरि आ.व. २०७०/०७१ सम्म जिल्लामा ७ वटा भन्दा बैङ्किङ कारोबार गर्ने बैङ्क तथा वित्तिय संस्थाहरु रहेका छन् । यसबाट सल्यान जिल्लामा वित्तिय सविधाका दृष्टिकोणले विगत भन्दा निकै विकास भएको स्थितिमा छ । समग्रमा सल्यान जिल्लाको प्रमुख आर्थिक आधार कृषि नै भएपनि गैर कृषि क्रियाकलापहरुमा यस जिल्लाले के हो गती लिन लागेको देख्न सकिन्छ । सल्यान जिल्ला मध्यपश्चिमाञ्चलको हालको छ नं प्रदेश अन्तर्गत पहाडी जिल्ला रहेको छ ।