Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सल्यान

शारदा न.पा. २ सल्यान

Visit Nepal 2020 - Ministry of Home Affairs

बार्षिक प्रगति विवरण


                                                                                                    जिल्ला प्रशासन कार्यालय, सल्यान

                                                                                                  आ.व. २०७५/०७६ को प्रगति विवरण

१.नियमित कार्यहरु ः

(क) यस कार्यालयबाट यस आर्थिक वर्षमा वंशज तर्फ ५०७३ वटा नागरिकता प्रमाणपत्र जारी भएको र प्रतिलिपि नागरिकता प्रमाणपत्र ११४९ वटा जारी भै जम्मा ६२२२ ना.प्र.प. जारी भएको छ । वैवाहिक अङ्गीकृततर्फ भने कुनै नागरिकता प्रमाणपत्र जारी भएन ।

(ख) यस आ.व. मा ९६८ वटा राहदानी वितरण भएको र २२९८ वटा राहदानीका लागि सिफारिश भै गएको छ ।

(ग) जनजाति तर्फ १३९ र दलित तर्फ १४९ वटा सिफारिश भएको छ  ।

(घ) द्धन्द्धपिडित २६ जना व्यक्तिहरुलाई असक्त, अपाङ्ग भत्ता वापत रु २३,८०,८००  वितरण भएको

 छ ।

(ङ) आगलागीबाट मृत्यु भएका व्यक्तिहरुलाईे रु ५ लाख र आगलागी लगायत अन्य विपद्का घटनाबाट पीडित १३६ परिवारहरुलाई जम्मा रु ९,९५,५०० (राहत प्रदान गरिएको छ ।

२. शान्ति सुरक्षा सम्बन्धी कार्य ः

(क) यस आ.व. मा जिल्ला सुरक्षा समितिको बैठक ३४ पटक सम्पन्न भएको छ । यस आ.व. भर जिल्लामा शान्ति सुरक्षाको स्थिति सन्तोषजनक रहेको छ । ध्वंसात्मक गतिविधिमा संलग्न एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कार्यवाही चलाईएको छ ।

(ख) जिल्लाको शान्ति सुरक्षा लगायत अन्य विषयमा छलफल गर्न सिमाना जोडिएका सबै जिल्लाहरु जाजरेकाट, रोल्पा, पश्चिम रुकुम, दाङ, सुर्खेत, बाँके र बर्दियासंग अन्तर जिल्ला समन्वय बैठक गरिएको छ ।

३. विपद् व्यवस्थापन सम्बन्धी कार्य ः

(क) जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना (DPRP_ तयारी गरिएको छ । जिल्ला रेडक्रस सोसाईटीको सहयोगमा स्थानीय तहहरुले विपद् प्रतिकार्य योजना तयार गरिरहेका छन् । सबै स्थानीय तहहरुमा       -Emergency Operation Center_ तयारी गर्ने निर्णय भएको छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल कुपिन्डे ताल माथि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक गरिएको छ ।

(ख) डढेलो नियन्त्रणका सबै घटनाहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल परिचालन गरिनुका साथै पिडितलाई तत्काल राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरी वल नेपाल, र डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण र आगलागी हुन नदिन सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

(ग) नेपाली सेना, सशस्त्र प्रहरी वल नेपाल, नेपाल प्रहरीको संयुक्त आयोजनामा कुपिण्डे तालमा डुङ्गा दुर्घटना र भीर पाखोमा बस दुर्घटनाको उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको छ ।

(घ) विपद् व्यवस्थापनका विभिन्न पक्षमा गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख, व्रिपद् अध्ययन जोखिम न्युनिकरण तथा पूर्नलाभ शाखाका शाखा प्रमुख र विपद् व्यवस्थापनका विज्ञ र जिल्लाका सरोकारवालाहरु बीच अन्तरक्रिया सम्पन्न भएको छ ।

(ङ) वर्षा याममा बाढी पहिरोबाट हुन सक्ने संभावित जोखिम न्यूनीकरणका लागि तीन वटै सुरक्षा निकायका सुरक्षा वल क्तबलम दथ राख्ने, सबै पालिकाहरुले कम्तीमा १ डोजर लगायतका अन्य उद्धार सामग्रीहरु तयारी हालतमा राख्ने सो मध्ये केही उद्धार सामाग्रीहरु नजिकको प्रहरी चौकीमा मौजुदा हालतमा राख्ने सबै पेट्रोल पम्पहरुले आफ्नो क्षमताको कम्तीमा १० प्रतिशत  इन्धन विपद् व्यवस्थापन कार्यका लागि विक्रि वितरण गर्ने गरी भण्डारण गर्नु पर्ने जस्ता निर्णयहरु गरिएको छ ।

४. राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी कार्य ः

राष्ट्रिय परिचय पत्र वितरणका लागि पूर्वाधारको तयारी तथा कर्मचारी छनौट गरी सम्पूर्ण तयारी पुरा गरिएको छ । हाल परिचय पत्र वितरणका लागि नागरिकहरुले विवरण प्रविष्ट गर्ने कार्य सञ्चालनमा आईसकेको छ ।

५. नागरिकताको विवरण CMIS मा प्रविष्टी गर्ने कार्य ः

यस जिल्लाको अभिलेखमा रहेको नागरिकता सम्बन्धी सम्पूर्ण विवरणहरु CMIS मा प्रविष्टी गरी सकिएको छ ।

पुरानो अभिलेखबाट पछिल्लो तीन महिनामा जम्मा ३८३२४ विवरणहरु CMIS मा प्रविष्टी गरी यस आ.व. मा जम्मा ३९१८७ विवरणहरु प्रविष्टी गरिएको छ ।

अभिलेख (ढड्डा) झुत्रो भै च्यातिई CMIS मा प्रविष्टी गर्न नसकिने अवस्थामा रहेका ६५४८ नागरिकताका विवरण वाहेक सकिने अवस्थामा रहेका सम्पूर्ण विवरणहरु CMIS मा प्रविष्टी भै सकेको छ ।

६. व्यवस्थापकीय कार्य ः

 करिव ८ वर्षको अवधिदेखि निर्माणाधिन रहेको यस जिल्ला प्रशासन कार्यालयको कार्यालय भवन तथा प्र.जि.अ.निवास यस.आ.व.मा निर्माण सम्पन्न भएको छ । प्र.जि.अ. निवास नँया भवनमा सरी सकिएको र कार्यालय पनि तत्काल नँया भवनबाट सञ्चालन गरिने तयारी भै रहेको छ ।

७. बेरुजु फर्छौट ः

भवन निर्माण तर्फ अघिल्लो आ.व.मा देखिएको रु ३०,१३,७०४ (बेरुजु मध्ये चालु आ.व.को अन्तसम्ममा रु २६,२०,२७२ ( बेरुजु फर्छौट गरी बेरुजु फर्छौट प्रतिशत ८६.९६ प्रतशित रहेको छ ।

८. राजश्व धरौटी तर्फ ः

यस आ.व.मा यस जिल्लाले राहदानी वापत रु ५२,१५,००० (र दण्ड जरिवाना सहित अन्य वापत रु २७,६५,६७५ (गरी जम्मा ७९,८०,६७५ (राजश्व उठाएको छ । धरौटी तर्फ ४१,३६,९२३  (रकम जम्मा भएको छ ।

९. अनुगमन निरिक्षण सम्बन्धी कार्य ः

पछिल्ला तीन महिनामा जिल्ल प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म, जिल्ला कारागार कार्यालय, ईलाका प्रशासन कार्यालय र विभिन्न प्रहरी चौकीहरुको अनुगमन निरिक्षण गरिएको छ ।

१०. विविध कार्यहरु ः

(क) पछिल्ला ४ महिनाको अवधिमा यस जिल्लाको कुमाख गाँउपालिका, दार्मा गाँउपालिका, सिद्ध कुमाख गाँउपालिका, छत्रेश्वरी गाँउपालिका र शारदा नगरपालिकाका वडाध्यक्षरुसंग छुट्टाछुट्टै कार्यक्रम मार्फत नागरिकता, पञ्जीकरण, विपद् व्यवस्थापन, सदाचार जस्ता विषयहरुका सम्बन्धमा अन्तरक्रिया सञ्चालन गरिएको छ ।

(ख) लागु औषध दूव्र्यसन तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम मनाउनुका साथ लागु औषध नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको ।

(ख) यस जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ की १७ वर्ष की मोती परियारले मृत शिशु जन्माई सुत्केरी हुने क्रममा अचेत भै स्वास्थ्य अवस्था गम्भीर भएकोले हवाई उद्धार गरी उपचारका लागि काठमाण्डौँमा पठाईएको छ ।

(ग) यस जिल्ला बनगाड कुपिण्डे वडा नं. ८ का वर्ष ३६ का गोकुल बुढा मगर कुपिन्डे तालमा पौडी खेल्ने क्रमममा डुवी वेपत्ता भएकाले खोजी कार्यका लागि गृह मन्त्रालय संग समन्वय गरी सशस्त्र प्रहरी विपद् व्यस्थापन तालिम केन्द्र, कुरिनटार चितवनबाट आएको गोताखोरको टोलीले खोजीकार्य गरेको ।